काठमाडौं, १४ वैशाख । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर बिहीबार ९जेठ १७ गते० काठमाडौं आउने भएका छन् ।
भारतको लागि अमेरिकी राजदूतसमेत रहेका गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नको लागि समय पनि मागेका छन् ।
“अमेरिकी विशेष दूत आउँदै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “प्रधानमनन्त्रीज्यूसँग शिष्टाचार भेटवार्ताको लागि समय माग गर्नुभएको छ ।”
स्रोतका अनुसार, अमेरिकी विशेष दूत गोरले वैशाख १८ वा १९ गतेमध्ये एक दिन भेटवार्ता मिलाइदिन अनुरोध गरेका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि अमेरिकाको तर्फबाट नेपाल भ्रमण गर्ने उनी दोस्रो उच्चस्तरीय पाहुना हुन् । यसअघि दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर वैशाख ३ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
नेपाल भ्रमणमा रहँदा कपुरले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका थिए । कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्