काठमाडौं, १४ वैशाख । नेपाली कम्युनिस्ट पार्टीले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कार्यदल गठन गरेको हो ।
सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।कार्यदलमा नेताहरू देव गुरुङ ,प्रकाश ज्वाला, प्रेमबहादुर सिंह ,रणध्वज कन्दङ्वा, रेखा शर्मा, ई। गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।








प्रतिक्रिया दिनुहोस्