ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण : बम दिदीबहिनीले गरे आफुहरुलाई लगाएको आरोपको खण्डन


admin
माघ १४, २०७५ सोमबार  ३ : ४९ बजे

काठमाडौं,१४ माघ । निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकार कर्मी र संचारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन ।

सोमबार काठमाडौंमा दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्ने गरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति आपत्ति जनाएका हुन ।

आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिई आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नु परेको दिदी बबिता बमले बताउनु भयो ।

उहाँले आफूले निर्मला पन्तलाई एक-दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भएपनि नचिनेको दावी समेत गर्नु भयो । सो घटनालाई लिएर मानव अधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनु परेको बबिताले बताउनु भयो ।

बहिनी रोशनी बमले पनि आफुहरुमाथि चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पार्नु भयो । उहाँले सो घटनाको सत्यतथ्य बुझी दिन संचारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो । निर्मला आफ्नो क्लासमेट भएपनि दिदी बबिताले नचिनेको रोशनीको पनि पत्रकार सम्मेलनमा दावी थियो ।

बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
कुनै पनि मानव अधिकारकर्मीहरुले सो घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी: ‘७९ मा हामी आतुर थियौं, ८२ मा जनता आतुर छन्’(भिडियोसहित)

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com