काठमाडौं,१४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताउनुभएको छ ।
चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर- कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लगि छिमेकी देशबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गर्नुभएको छ ।
“नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताउनुभएको छ ।तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन,कानुन,नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
“तिव्र विकासका अवरोध के –के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पार्नुभएको छ । “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो ।
प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपालका लागि चीनका राजदुत हु यांकी (Houyanqi) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्