काठमाडौं , ७ माघ । कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दोस्रोपटक कांग्रेसले अवरोध गरेको हो।
अबको बैठक माघ ८ गते मंगलवार ३ बजे मंगलबार बस्नेछ।
नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेसले आजै पहिलोपटक संसद अवरुद्ध अवरोध गरेको थियो।
अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको भनिए पनि आधा घन्टाभन्दा बढी स्थगित गरिएको थियो।
पुन: सुरु भएको बैठकमा सुरुमै कांग्रेस सांसद्हरु उठेर विरोध जनाएका थिए। सभामुख कृष्णबहादुर महराले आजको कार्यसूचीमा रहेका अरु विषय हटाएर चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउने भनेपछि कांग्रेस सांसदहरु सहमत हुन सकेनन्। उनीहरु नबसेपछि उनले बैठक स्थगित गरे।
कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय ससकारले जिम्मा नलिई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको भन्दै बैठकको सुरुमै आपत्ति जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्