ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थारु समुदायमा आयो परिवर्तन, क्षमता विकासमा कमलरी 


एबीसी न्यूज
माघ १, २०७५ मंगलबार  १० : १९ बजे

नारायणपुर, १ माघ । अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन् । थारु समुदायको पहिचानको रुपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको थारु जानकार केबी चौधरी बताउनुहुन्छ ।

सदियौंदेखि पश्चिम नेपालका थारु समुदाय अरुको घरमा दासका रुपमा कमैया जीवन बिताउँथे, कमलरी जीवन जिउन बाध्य थिए । तर, २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । मालिकको घरमा कमैया जीवन जिउनबाट थारु समुदाय मुक्त भए । यस्तै, २०७० साउन ३ गते कमलरी मुक्तिको घोषणा पनि सरकारले ग¥यो । मुक्त भएका कमलरीहरु अहिले स्वतन्त्र रुपमा जीवन निर्वाह गर्दैछन् । तर, कमैया र कमलरी बालिकाहरुको पुनःस्थापनाको काम भने सरकारले प्रभावकारी रुपमा गर्न सकेको छैन ।

छोराछोरीसहित खेतमा काम गर्न जाने थारु समुदायका अभिभावकहरु अहिले छोराछोरीलाई विद्यालयमा पु¥याउन जान्छन् । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी भन्नुहुन्छ, “थारु समुदायमा चेतनाको लहर पैदा भएको छ । गाउँमा आएका नयाँ मान्छेसँग बोल्न डराउनेहरु अहिले सार्वजनिक कार्यक्रममा भाषण गर्छन् । स्थानीय वन समूह, उपभोक्ता समूहको नेतृत्व गर्ने थारु समुदायकैै भएका छन् ।”

क्षमता विकासमा कमलरी 

देउखुरी गढवा–७ मानपुरकी उर्मिला चौधरीलाई माघीको अर्को दिन रुँदै घर छोड्नु पथ्र्यो । बाबुआमाको मन रुन्थ्यो वा रुन्थेन थाहा छैन तर, पढ्ने उमेरकी छोरीलाई मालिकको घर पठाउनुपर्ने बाध्यता थियो । उर्मिला जस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका बालिकाहरु २० वर्ष पहिले कमलरी जस्तो दासतापूर्ण जीवन बाँच्न विवश थिए ।

थारु समुदायका लागि माघी नयाँ वर्ष हो । नयाँ वर्षमा कमलरी बस्ने ठेगाना तय हुन्थ्यो । खाने–लगाउने निश्चितता, न्यूनतम रकमको लोभ र जग्गा जोत्न पाउने आशामा थारु समुदायका बालिकालाई जमीनदार र धनी घरमा कमलरी बसाल्ने प्रचलन थियो । उन्नाइस वर्ष लामो सामाजिक आन्दोलनबाट १२ हजार ७०१ जना बालिका मुक्त भएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

त्यही आन्दोलनबाट नेतृत्वमा उठ्नु भएकी शान्ता चौधरी नेकपाको सचेतक हुनुहुन्छ भने उर्मिला चौधरीले सामाजिक आन्दोलनको अभियन्ताको रुपमा नेदरल्याण्डस् सरकारबाट ‘फ्रिडम फ्रमपियर’ पुरस्कार समेत प्राप्त गर्नुभयो । तर, संस्थाका अनुसार पाँच जिल्लामा गरेर अझै ७८ जना बालिका कमलरी बस्न बाध्य छन् ।

पुनःस्थापनाको खोजीमा कमैया 

उन्नाइस वर्ष पहिले २०५७ सालमा मुक्त घोषित कमैयाहरु अहिले आफ्नै बलबुतामा जीवन चलाइरहेका छन् । दाङका सञ्चे चौधरीले २८ वर्ष मालिकको जमीन जोत्नुभयो । उहाँको बाउबाजेले जमीनदारकै घरमा प्राण त्यागेपछि त्यही जमीनमा सञ्चेले जीवनका २८ वर्ष पसिना बगाउनुभयो । मुक्ति घोषणा पछि उहाँ ऐलानी जग्गामा बस्दैआउनु भएको छ ।

सञ्चे जस्ता मुक्त कमैयाहरु सरकारले लगत लिएर प्रामाणीकरण गरेको सङ्ख्या दाङमा १ हजार ४२६ परिवार छ । यसमा २१५ जना पूर्ण रुपमा घरवारविहीन अवस्थामै छन् भने अरु ४०३ परिवार ऐलानीमा बसोबास गर्छन् । अरु ३२४ परिवारसँग दुई कट्ठासम्म जमीन भएको र ३९७ परिवारसँग २ कट्ठामाथि जमीन भएको भूमि सुधार कार्यालय दाङका हरिप्रसाद चौधरीले बताउनुभयो ।

भूमिसुधार कार्यालय दाङको तथ्याङ्कअनुसार ७०५ परिवारले जग्गा प्राप्त गरेका छन् । छ धुरदेखि ५ कट्ठासम्म जग्गा प्राप्त गरेका मुक्त कमैयाहरु देउखुरीका लालमटिया, कर्री सामुदायिक वन, गंगापरस्पुरको सालझुण्डी सामुदायिक वन, गढवाको मानपुरलगायतका स्थानमा बस्दै आएका चौधरीले बताउनुभयो ।

दाङमा मोहियानी हकका लागि अहिले पनि करीव सात हजार किसान लडिरहेका मुक्त कमैया समाज दाङका अध्यक्ष हरिश्चन्द्र चौधरीले बताउनुभयो । वर्षौंदेखि जोतेको जग्गा बापत केही पाउने आशासहित जिल्लाका ६ हजार ८११ जना किसान निरन्तर आन्दोलनमा छन् । मोहियानी हक प्राप्त गर्न किसानहरु अहिले पनि लड्दै आएका छन् ।

महटवाको काम परिवर्तन 

थारू समुदायमा अगुवा तथा नेतृत्व चयन गर्ने काम माघीमा नै गरिन्छ । प्रत्येक घरबाट जम्मा भएका घरमूलीले महटवा चुन्ने गर्छन् । अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । वर्षभरिको गाउँको विकास, क्रियाकलाप, पूजाआजाका गतिविधिको समीक्षा गरिन्छ भने आगामी वर्षका लागि योजना बनाइन्छ ।

“पहिले र अहिलेको काममा केही परिवर्तन आएको छ, पहिले बैठकमा कमैया, कमलरी बस्ने÷बसाउने, कहाँ पठाउने, कति ज्यालामा पठाउने भन्ने विषयमा समेत छलफल हुन्थ्यो,” घोराही–३ भानपुर गाउँका महटवा लालबहादुर चौधरीले भन्नुभयो – “अहिले पूजा कसरी गर्ने, गाउँको विकासका लागि सरकारी निकायसँग सहजीकरण कसरी गर्ने, मृत्यु भएका र विवाह घरमा कसरी जाने, कसरी काम गर्ने भन्ने नै छलफलका विषय हुने गर्छ ।”

थारु समुदायको परम्परा, पहिचान, रहनसहन र मौलिक पक्षहरुको संरक्षणका लागि महटवाले योजना बनाएर अगाडि बढ्ने प्रचलन बढेको दाङ जिल्ला मटहवा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार समय, कालखण्ड र परिस्थितिअनुसार अगुवाको काम पनि परिवर्तन हुँदै गएको छ ।

के के हुन्छ माघीमा ? 

थारु समुदायका लागि माघी नयाँ वर्ष हो । नेपालीहरुको माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु समुदायको माघी पर्व महिनाभर मनाइन्छ । माघी पर्व थारु समुदायको नाचगान र खानपिनमा मात्र सीमित छैन । यो अवधिमा यससँगै जोडिएका सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिक विषयहरु समेत उठ्ने÷उठाउने गरिन्छ ।

“माघी पर्व खानपिन र रामरमाइलोमा मात्र सीमित छैन, खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदायका लागि चाडपर्व थकान मेटाउने अवसर पनि हो,” थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भन्नुभयो – “वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनका लागि प्रतिज्ञा गर्ने, नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समीक्षा पनि हुन्छ ।” थारु समुदायमा घर लिपपोत गर्ने जाँड, ढिक्री, रोटी तयार पार्ने काम हुन्छ र माघीका लागि मासुको जोहो गरिन्छ ।

महिलाहरु रोटी पकाउन लाग्छन् । उनीहरु पिठो र दुना टपरीको तयारीमा पनि लाग्छन् । माघी पर्व मनाउन एक महिना अगाडिदेखि नै तयारी शुरु हुन्छ । खानाका परिकारहरू पकाउन लागि काठ, दाउराको जोहो गरिन्छ र अनादीको चामलको गुलियो जाँड, रक्सी बनाइन्छ । वनबाट मालु र सालको पात टिपेर ल्याइन्छ भने तोरीको खाने तेल पेल्ने काम पनि हुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन, पत्रकार महासंघको विरोध

ट्रम्पको इरानबारे १९ मिनेटको सम्बोधन : ५ मुख्य कुरा जसले विश्व हल्लायो !

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com