ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारुकामा गोरु जुधाईको ऐतिहासिक सन्दर्भ र तारुकामा कसरी गरिन्छ गोरु जुधाई प्रतियोगिता ?


एबीसी न्यूज
माघ १, २०७५ मंगलबार  ९ : ०५ बजे

काठमाडौँ, १ माघ ।  बुढापाकाहरुका अनुसार नुवाकोट, धादिङ र रसुवामा नेपाल एकीकरण पूर्व नै गोरु जुधाउने प्रतियोगिता हुदै आएको थियो । यद्यपी यसको ठोस इतिहास यतिनै बेला नभएपनि विसं १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्मशेरले तारुकालाई विर्ता दिएको सन्दर्भसंग नजिक छ । तत्कालीन बझाङी राजा विक्रम बहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामा घर गएको बेला भान्जालाई मनोरन्जन गराउन यस्तो प्रतियोगितको शुरुवात गरिएको बताइन्छ । बाजागाजासहित जयपृथ्वीबहादुर सिंहलाई मनोरन्जन दिन स्वागत सत्कारस्वरुप माघे संक्रान्तिको दिन यस्तो कार्यक्रमको आयोजना भएको बुढापाकाहरु बताँउछन् ।

गोरु जुधाउने प्रतियोगिता तत्कालीन समयमा मनोरन्जन दिनकै लागि शुरुवाति गरेको पाइन्छ । कृषिका सबै काम सकिएपछि विशेष चाड पर्वको अवसर पारेर रमाइलो गर्न थालिएको इतिहास छ । तत्कालीन समयमा आज जस्तो मनोरन्जनका साधनको उपलब्धता नभएको अवसरमा यस्ता खेलहरुबाटै मरोरञ्जन लिने गरिन्थ्यो । कृषि कर्म सकेपछि किसानहरुले बलियो गोरु जुधाएर मनोरन्जनसंगै आफ्नो सोख देखाउन समेत यस्ता प्रतियोगिता भएको पाइन्छ ।

गोरु जुधाएर इतिहासको निरन्तरतालाई अगाडि बढाउने प्रकृयाहरु केही समय अवरुद्ध पनि भएका थिए, । तर २०६० को दशक पछि स्थानीय यूवाको सक्रियतामा तारुकामा गोरु जुधाउने प्रतियोगिता पुनः संचालन हुन थाल्यो । यस अघि जिल्लाका विभिन्न स्थानमा खेलाउने गरिए पनि आकर्षणकै रुपमा यसको प्रचार प्रचार, प्रवद्र्धन एवं संरक्षण सम्वद्र्धन गर्न भन्दै युवाहरुले तारुकामा प्रतियोगिता गर्नथालेको स्थानीय अगुवा यूवा बताउंछन् । सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न गोरु जुधाईको प्रतियोगिता गरिएको उनीहरुको भनाई छ ।

माघी पर्वको अवसर पारेर नुवाकोटमा गोरु जुधाई प्रतियोगिता वर्षेनी हुने गर्दछ । स्थानीय किसानका बलिया गोरुहरुबीच घम्साघम्सी गराइन्छ । गाँउभरि बलिया गोरुहरुको बीचमा प्रतिस्पर्धा गराइन्छ अनि पुरस्कार समेत दिने गरिन्छ । माघे संक्रान्तिको दिन तारुकामा तारुकाको पौरख नेपालको गौरव भन्ने नारासहित तारुकाको कटहरबोटस्थित बारी पाटामा गोरुहरुलाई जुधाइन्छ ।

करिब सवा दशकदेखि पुनः निरन्तरता पाएको गोरु जुधाई प्रतियोगितामा किसानहरुले दर्ता गरि गोरु लडाउछन् । यस वर्षको माघे संक्रान्तिका दिन २० हल गोरु जुधाउने गरिएको छ । यस वर्षको गोरु जुधाई तारुकाको कटहरबोटस्थित बारी पाटामा गरियो ।
हुन त, अन्य जिल्लामा पनि यस्ता गोरु जुधाउने खेल हुने गरेका छन् । तर तारुकामा भने प्रवद्र्धन गर्ने उद्देश्यले वर्षेनी हजारौ दर्शकको सहभागितामा रोमान्चारकारी सांस्कृतिक खेल खेलाउने गरिएको छ
।
तत्कालीन समययतादेखि तारुकामा किसानले माघे सक्रान्ति पर्वको अवसर पारेर बलिया र अजंगका गोरु जुधाउदै आएका छन् । तारुकामा करिब एक सय पचास वर्ष भन्दा बढी लामो समयदेखि गोरुको बीचमा घम्साघम्सी गराइदै आइएको छ । गोरु जुधाई इतिहास लामै भए पनि बीचका केही समयमा यो प्रतियोगिता छाँयामा परेको थियो । २००७ साल पछिका राजनीतिक घटनाक्रम र आरोहअवरोहले यसलाई ओझेलमा पारेको बुढापाकाहरु बताउंछन् ।

शताब्दीदेखि खेलाइदै आएको गोरु जुधाई प्रतियोगिता पछिल्लो समय सबैको आकर्षण बढ्दै गएको छ । स्थानीय यूवाहरुको जोश र जाँगरले पुनर्संचालनमा आएको खेल विशेषतः कृषिमा आधारित छ । खेलको प्रवद्र्धन हुन सके कृषिलाई समेत उभो लगाउन सकिने देखिन्छ । परम्परागत रुपमा चलिआएको यस्तो खेललाई पर्यटकीय आकर्षण बनाउन पनि सकिन्छ । तर, यस्ताखाले खेल खेलाईने स्थानमा पुग्ने भौतिक पूर्वाधार प्रचार प्रशार र खेल सुरक्षाको विषयमा ध्यान दिन आवश्यक छ । व्यवसायिक खेलको रुपमा विकास गर्न सुरक्षासंगै यहाँसम्म पुग्न सकिने पहूँचमा सुधार ल्याउनु आवश्यक छ । यूवाहरुले थालेको अभियानलाई सार्थक बनाउन स्थानीय जनप्रतिनिधिहरुले विशेष ध्यान दिने बताएका छन् ।

काठमाडौको नजिकै भएर पनि नुवाकोटको यस ग्रामीण क्षेत्रमा अझै गतिलो सडक छैन, सडक खानेपानी सूचना प्रविधि लगायतका समस्या छन् यहाँ । भौतिक पूर्वाधारको क्षेत्रमा सुधार आउन सके नेपाली कृुषि अर्थतन्त्र र संस्कृतिसंग जोडिएको यो खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकिन्छ । आवश्यक पूर्वाधार र प्रचार प्रशारको काम गर्न सकेमा यसले राम्रो बजार भेटाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com