ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायालयप्रति नागरिकको आश मर्न दिन्न :प्रधानन्यायाधीश जबरा


admin
पुस १७, २०७५ मंगलबार  ४ : ४७ बजे

काठमाडौं,१७ पुस । नेपाल ट्रष्टमा रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पति सर्वोच्च अदालतले प्रेरणाको दाइजो भनेर कसरी फैसला ग¥योरु ’’ भन्ने सांसद निरुदेवी पालको सवालमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जवाफ थियोे, “कानून आउनुभन्दा अगाडि नै पूर्व राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई उक्त सम्पति दाइजो दिइसक्नुभएको थियो ।”

यो सवाल र जवाफ संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश जबरामाथिको सुनुवाइका क्रममा गरिएको थियो । “प्रधानन्यायाधीशसहितको इजलास पनि बहिष्कार गरेको आरोप छ यहाँलाई”–सांसद सुरेन्द्र पाण्डेको सवालमा उहाँको जवाफ थियो, “कानूनभन्दामाथि कोही हुँदैनन्, कानूनको परिधिमा रहेर सबैले काम गर्नुपर्छ भनेर तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरदहका विषयमा पनि मैले त्यस्तै जटिल निर्णय गर्नुुप¥यो ।”

विसं २०७४ चैत २८ गते संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको अवस्थामा न्यायाधीश जबराले इजलास बहिष्कार गरी निस्कनु भएको थियो ।

सो विषयमा समितिका सांसदहरुले प्रधानन्यायाधीशसहितको इजलास बहिष्कार गर्ने न्यायाधीशको आचारणमाथि प्रश्न उठाएकामा प्रस्तावित प्रधान्यायाधीश जबराले आफूले न्यायालयको छवि माथि उठाउन त्यो कदम चाल्नुपरेको जवाफ दिनुभयो ।

सांसद शिवकुमार मण्डल र निरुदेवी पालको “जुवा खेल्नुलाई बौद्धिक खेलको रुपमा फैसला किन गर्नुभयो नि रु” भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “तासको मेरिज खेल जुवामा पर्दैन भन्ने तरिकाले व्याख्या गरिएको थियो तर सञ्चारमाध्यममा बौद्धिक खेल भनेर आएको, फैसलाको आशय त्यो थिएन ।”

पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डले नेपालको न्यायलयमा कानूनी प्रक्रिया लम्बिने तर न्याय छिटो नहुने देखिएकाले नागरिकले परिणाम जति सक्दो चाँडो दिने विषयमा न्यायलयको नेतृत्वले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीश जबराले न्यायालयप्रति नागरिकको आस्था मर्न नदिने गरी काम गर्ने प्रतिबद्धता गर्नुभयो । “न्यायाधीश नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिन्छु, सेवाग्राहीलाई न्यायमा पहुँच पुग्नेगरी बनाइएको कार्ययोजनालाई ध्यान दिनेछु,” उहाँले भन्नुभयो, “ सधैँ संविधन, कानून, नजिर र कानूनका सर्वमान्य सिद्धान्तलाई आधार मानेर मात्र आदेश वा फैसला गर्ने गरेको छु । ”

सरकारको काम कारवाही अदालतले रोक्ने गरेको छ भन्ने सांसदहरुको जिज्ञासामा पनि उहाँले आगामी दिनमा सरकारले गर्न खोजेको विकास तथा निर्माणका काममा असहयोग नगर्ने बताउँदै सरकारका तीनवटै अङ्गबीच एकले अर्काको अधिकार हस्तक्षेप गर्ने गरी काम गर्न हुँदैन, त्यो राज्यको सैद्धान्तिक आधार हो, यस विषयमा तीनवटै निकाय विचलित हुन हुदैन ।”

प्रधानन्यायाधीश पदमा चार वर्ष विताउनुहुने न्यायाधीश जबराले त्यस अवधिमा न्यायलयको छविलाई उच्च पार्ने तरिकाले काम गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “न्यायलयको छविलाई अझ माथि उठाउने तरिकाले काम गर्छु तर आफ्नै अनुहारमा कालो पोतेर जान मलाई पनि मन छैन ।”

दुई दिनसम्म भएको संसदीय सुनुवाइ पछि उक्त समितिले आज प्रस्तावित प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल आजैदेखि सकिँदै छ । संसदीय सुनुवाईवाट अनुमोदन भएपछि संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्ने संबैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com