
काठमाडौं१५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ । राणालाई दिउँसो २ बजे बस्ने समितिको बैठकमा सुनुवाइका लागि बोलाइएको हो ।
सुनुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी छ ।
विभिन्न समयमा भएका फैसला तथा व्यक्तिगत विषयमा प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध नौवटा उजुरी परेका छन् ।उक्त उजुरी तथा उनका भावी कार्ययोजनाका विषयमा आज छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्