काठमाडौं, १२ पुस । सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक आज पनि बस्दै छ ।
बैठक अपरान्ह तीन बजे बस्ने कार्यक्रम रहेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने छन ।
बैठकमा उठेको जिज्ञासाहरूको जवाफ ओलीले दिएपछि प्रतिवेदन सुझाव सहित पारित गर्ने योजना रहेको एक नेताले बताए । यसअघि दोस्रो अध्यक्ष पुष्पकमल दाहालले बैठकमा झण्डै दुई घण्टा बोलिसकेका छन । उनले पनि आफनो तर्फबाट अलग प्रस्ताव राखेका छन ।
प्रतिक्रिया दिनुहोस्