ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँगको युद्धमा ट्रम्पको नयाँ दाउ : हजारौँ अमेरिकी सैनिक पश्चिम एसियामा आइपुगे


एबीसी न्यूज
चैत्र १७, २०८२ मंगलबार  १० : ३८ बजे

काठमाडौं, १७ चैत्र ।इरानसँग चल्दै गरेको भीषण युद्धका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कदम चाल्ने तयारी गरेका छन्। यसै सिलसिलामा अमेरिकी सेनाको प्रख्यात ‘८२ औँ एयरबर्न डिभिजन’ का हजारौँ सैनिकहरू पश्चिम एसिया पुग्न थालेका छन्। रोयटर्सले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार दिएको जानकारी अनुसार फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट प्रस्थान गरेका यी प्याराट्रूपरहरूले इरानविरुद्धको सम्भावित स्थलगत कारबाहीमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।
यसअघि नै करिब २५ सय मरिन सैनिकहरू यस क्षेत्रमा पुगिसकेका छन् भने नयाँ टोलीमा हेडक्वार्टरका सदस्य, बन्दोबस्तीका सामान र एउटा ब्रिगेड कम्ब्याट टिम सामेल रहेका छन्। अमेरिकी प्रशासनले अहिले नै इरानभित्रै सेना पठाउने अन्तिम निर्णय नगरेको भए पनि भविष्यमा आइपर्ने जुनसुकै सैन्य आवश्यकताका लागि यो तैनाथीले थप क्षमता प्रदान गर्ने स्रोतको दाबी छ।

ट्रम्प प्रशासनभित्र इरानको ९० प्रतिशत तेल निर्यात हुने मुख्य केन्द्र खर्ग टापु कब्जा गर्ने विषयमा गम्भीर छलफल भइरहेको बुझिएको छ। यद्यपि इरानले उक्त टापुमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्न सक्ने भएकाले यो कदम निकै जोखिमपूर्ण मानिएको छ।
सैन्य रणनीतिकारहरूले इरानको भूमिभित्रै छिरेर त्यहाँ संकलन गरिएको उच्च संवर्धित युरेनियम कब्जा गर्ने वा नष्ट गर्ने विकल्पमा पनि विचार गरिरहेका छन्। यो कार्यका लागि अमेरिकी सैनिकहरूले लामो समयसम्म इरानी भूमिमा रहेर जमिनमुनि लुकाइएका सामग्रीहरू निकाल्नुपर्ने हुन्छ। यसबाहेक स्ट्रेट अफ होर्मुजबाट तेल ट्याङ्करहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्नका लागि इरानको तटीय क्षेत्रमा सैनिक उतार्ने योजना पनि अमेरिकाको विकल्पको सूचीमा रहेको छ।
राष्ट्रपति ट्रम्पले सोमबार एक बयान जारी गर्दै आफूहरू युद्ध अन्त्यका लागि इरानको एक बुद्धिमानी सरकारसँग वार्तामा रहेको बताएका छन्। तर साथसाथै उनले स्ट्रेट अफ होर्मुज नखोलेमा इरानका तेलका कुवा र पावर प्लान्टहरूमा आक्रमण गर्ने कडा चेतावनी पनि दिएका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको अपरेसन एपिक फ्युरीअन्तर्गत अमेरिकाले अहिलेसम्म ११ हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिसकेको छ। यो युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने ३०० भन्दा बढी घाइते भएका छन्।
नयाँ द्वन्द्वमा नफस्ने चुनावी वाचा गरेका ट्रम्पका लागि अमेरिकी जनमतको न्यून समर्थनका बिच इरानमा स्थल सेना पठाउने निर्णय राजनीतिक रूपमा निकै चुनौतीपूर्ण बन्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

सम्बन्धित

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक : नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बुधबार

पूर्वसीडीओ रिजालको यस्तो थियो बयान– सिधै गोली चलाउने आदेश दिएको थिइनँ (पूर्णपाठ)

काठमाडौंका पूर्व सीडीओ छविलाल रिजाल पक्राउ

ट्रम्पले इरानी तेल तथा ऊर्जा सुविधामाथि आक्रमणको धम्की फेरि दोहोर्‍याए

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com