काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको हो।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई उनको निवासबाटै पक्राउ गरेको हो।
रिजाल भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका समयमा काठमाडौंका सीडीओको जिम्मेवारीमा थिए। सो आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले दिएको सिफारिसअनुसार उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
यसअघि सोही आयोगको सिफारिसअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गत शनिबार नै नियन्त्रणमा लिइसकेको छ।
जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षति, सुरक्षा व्यवस्थापनमा देखिएका कमजोरी तथा निर्णय प्रक्रियाबारे अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्