
काठमाडौं, ११ पुस। कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुर भीमदत्तनगरकै प्रदिप रावल साधारण तारेखमा रिहा भएका छन् ।
निर्मला हत्या प्रकरणमा संलग्न रहेको प्रमाण देखिएको भन्दै मंसिर १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै ‘सार्वजनिक अपराध’अन्तर्गत मुद्दा चलाएर निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको थियो । प्रहरीले बुधवार रावललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रावललाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा रहेका रावलको निर्मलाको हत्यापछि बलात्कारमा संलग्न रहेको भन्दै डीएनए समेत परीक्षण गरिएको थियो । निर्मलाको योनाङ्गबाट शंकलन गरिएको ‘स्वाब’सँग रावलको डीएनए नमिलेपछि प्रहरीले बुधवार प्रशासन कार्यालयमा पेश गरेको थियो ।



















प्रतिक्रिया दिनुहोस्