
काठमाडौं, १८ मंसिर । एयरटेल ऋण तथा बचत सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक अग्रवाल पक्राउ परेका छन् । सहकारीको १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा पाँच दिनअघि न्युरोडबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध ४२ जनाले आफूहरू ठगिएको भन्दै उजुरी गरेका छन् । प्रहरीका अनुसार अग्रवालले १२ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै प्रारम्भिक चरणमै उजुरी परिसकेको छ । धनुषा घर भएका गोयलले न्युरोडस्थित फ्रेस हाउसमा केही वर्षदेखि सहकारी सञ्चालन गर्र्दै आएका थिए । सहकारीकी अध्यक्ष सुमन केडिया अशोककी श्रीमती हुन् ।
अग्रवाल दम्पतीबाहेक सहकारीको सञ्चालक अन्य ६ जना पनि छन् । उनीहरू सबै फरार छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सहकारीका सञ्चालक सातजना रहेको जानकारी दिँदै विशेष सूचनाका आधारमा अग्रवाललाई पक्राउ गरेको बताए ।



















प्रतिक्रिया दिनुहोस्