
काठमाडौं,१५ मङसिर । विवादास्पद एसिया प्यासेफिक सम्मेलन आजबाट काठमाडौंमा सुरू हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।
आयोजक संस्था युनिभर्सल फिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ । कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।
सम्मेलन आयोजक संस्था युनिभर्सल फिस फेडरेसनले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटीको सैद्दान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएपछि यो सम्मेलन विवादित बनेको जनाइएको छ ।
विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य(मान्यता’ नाराका साथ सम्मेलन आयोजना गरिएको छ ।
गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर(धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजनालगायतका विषयमा सम्मेलनको बिभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, छिमेकी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौंमा छन् ।
सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसंग भेटवार्ता गरिसक्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्