ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरु भन्छन्  अध्यादेशबाट देश चलाउने अवस्थाले लोकतन्त्र बलियो हुदैन


admin

 काठमाडौं, ९ मङसिर । सङ्घीय संसद्का सांसदहरुले संसद् सञ्चालनमा विलम्ब गर्ने तथा अध्यादेशबाट देश चलाउने अवस्थाले लोकतन्त्र बलियो तुल्याउन नसकिने धारणा व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले लोकतन्त्रमा कानून निर्माणसम्बन्धी काम विधि र प्रकृयाका आधारमा टुङ्ग्याउनु पर्नेमा कर्मचारी समायोजन जस्तो महत्वपूर्ण विषय संसद्लाई छलेर किन अघि बढाउन खोजिएको भनि प्रश्न गर्नुभएको हो ।

बैठकमा सदस्य कृष्णगोपाल श्रेष्ठले सिद्धान्ततः अध्यादेशबाट देश चलाउन हुँदैन भन्ने कुराको सरकारले हेक्का राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सञ्चालन गर्न विलम्ब गर्ने अनि अध्यादेशबाट देश चलाउने अवस्था सिर्जना गर्नु गलत हो ।”

सांसद बृजेशकुमार गुप्ताले सरकारले कर्मचारी समायोजनाका सम्बन्धमा अध्यादेशमा समेटिएका मूलभूत विषयबारे संसदीय समितिलाई जानकारी गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सदस्य प्रेम सुवालले संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्न खोज्ने प्रवृत्ति ठिक नभएको जिकिर गर्दै अध्यादेशको खेश्रा हेर्न अधिकार समितिलाई छ कि छैन भनी प्रश्न गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले लोकतन्त्रमा हामीले संसद्बाट कानून निर्माणको बाटो समात्नुपर्छ अध्यादेशबाट अघि बढ्न खोज्नु ठिक होइन भन्नुभयो । सांसद नवराज सिलवालले अध्यादेशमा समेटिएका विषयबारे समितिले जानकारी पाउनुपर्ने धारणा राख्दै हतारोमा किन अध्यादेश ल्याउनु प¥यो त भन्ने विषयमा सरकारले समितिलाई विश्वासमा लिन सक्नुपर्छ भन्नुभयो ।

सांसद रेखा शर्माले अध्यादेशबाट अघि बढ्न खोज्नु आफैमा लोकतान्त्रिक विधि र प्रकृया नभएको जनाउँदै अध्यादेश भित्रका विषय थाहा पाउन समितिको अधिकार भएको धारणा व्यक्त गर्नुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले संसद्को नियमित विधि र प्रकृयाका आधारमा कर्मचारी समायोजनसम्बन्धी विषयवस्तु टुङ्ग्याउने बाटोबाट हामी हिड्नुपर्छ भन्नुभयो ।

बैठकमा अध्यादेशकाबारे विभिन्न कोणबाट सदस्यहरुले कुरा उठाएपछि सभापति शशी श्रेष्ठले निजामति कर्मचारी समायोजन अध्यादेशका मूलभूत विषयबस्तुबारे जानकारी लिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com