
कञ्चनपुर, ८ मङसिर । अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र न्याय माग गर्दै १४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक सन्तुलन पनि बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको हो ।
छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराजको मानसिक अवस्ता चिन्ताजनक भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको श्रीमती दुर्गादेवी पन्तले बताएकी छन।
रातभरी नसुत्ने, बर्वराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि परिवारका सदस्य चिन्तित बनेका छन् । यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुने बताइएको छ ।
यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं गएका छन । निर्मलाको बुवाको स्वास्थ्य कमजोर बन्दै गएकाले उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताएका छन ।
।



















प्रतिक्रिया दिनुहोस्