काठमाडौँ, २९ कात्तिक । नेपालगञ्जको पुष्पलाल चोकमा बुधबार मध्यान्ह शंकाष्पद वस्तु भेटिएको छ ।
पुष्पलालको शालिकमुनि राखिएको प्लाष्टिकको झोलाभित्र बम भएको आशंकामा नेपाली सेनाको टोली पुगेर निष्कृय पार्ने प्रयास गरिरहेको छ ।
नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पुर्याएको छ । वाटरपार्कमा पहिलो पटक निष्कृय पार्नेक्रममा नपड्किएको सुरक्षाकर्मीले जनाएका छन् । प्लाष्टिकको झोलाभित्र जीआई पाइपभित्र वम राखिएको छ ।
नेपाली सेनाको टोलीले दोश्रो पटक बम निष्कृय पार्ने प्रयास गरिरहेको छ । नेपालगञ्जको अति व्यस्त चौकमा शंकाष्पद वस्तु भेटिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
यसैबीच नाम नै नसुनिएको कमाण्डो समूहले बम राखेको जिम्मा लिएको छ । यसअघि खासै चर्चामा नआएको यो समूहले पर्चा छरेर आफूले बम राखेको बताएको हो ।
प्रतिक्रिया दिनुहोस्