काठमाडौं,१९ कात्तिक । सरकारले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गर्नु भएको हो ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रादेशिक अस्पताल सबै प्रदेशमा स्थापना गर्नका लागि मन्त्रीपरिषद बैठकमा प्रस्ताव लगिएको पनि जानकारी दिनु भयो ।
आयुर्वेद अस्पतालमा लगानी गर्नका लागि सरकारले उपयुक्त वातावरण निर्माण गर्ने राज्यमन्त्री यादवको भनाई छ ।
राज्यमन्त्री यादवले सबै गाउँपालिकामा पनि आयुर्वेद अस्पताल स्थापना गर्न ढिलाई नगर्ने पनि बताउनु भयो । उहाँले आयुर्वेद क्षेत्रमा जनशक्ति अपुग हुने उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि आवश्यक तयारी भईरहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्