काठमाडौं,१८ कात्तिक ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कानुनको सिमाभित्र रहेर काम गर्न स्थानीय सरकारलाई सचेत गराउनुभएको छ ।
नेपालगंजस्थित आयोगको सम्पर्क कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै आयोगका प्रमुख आयुक्त घिमिरेले कानुनको सीमाभित्र रहेर स्थानीय सरकारले काम नगरे आयोग चुप लागेर नबस्ने बताउनुभएको हो ।
कानुन बनाउने बहानामा कसैलाई पनि भ्रष्टाचार गर्न छुट नभएको भन्दै उहा“ले संघीय कानुनको सीमाभित्र रहन पनि स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभयो । प्रमुख आयुक्त घिमिरेले पछिल्लो समय सबैभन्दा बढी आयोगमा स्थानीय तहका उजुरी परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
विभिन्न सरकारी कार्यालयहरुमा रहरले स्ट्रिङ अप्रेशन नगरिएको उल्लेख गर्दै उहाँले कुनै पीडित सेवाग्राही समस्या लिएर आउने भएकाले आयोगले कारवाही गरेको बताउनुभयो । आयोगको सम्पर्क कार्यालय पँ“च करोड २८ लाख ४५ हजार ५२२ रुपैया“मा निर्माण भएको आयोगको सम्पर्क कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्