सिन्धुली, १८ कात्तिक । सिन्धुलीको कमलामाई नगरापालिका २ चियाबारीको तल्लो क्षेत्रमा खानेपानीका लागि मिस नेपाल हङकङ सुस्मा लिम्बुले सघाएको छ ।
चियाबारीमा बजार विस्तारसँगै तल्लो क्षेत्रका स्थानीय बासिन्दाले भने खानेपानीको समस्या भोग्दै आएको छ । चियाबारीमा होटलको संख्या बढेसँगै बजार क्षेत्रमा बढी पानी चाहिने भएपछि तल्लो भेगका स्थानीय बासिन्दा भने पानी पाउनबाट बञ्चित हुँदै आएको छ ।

त्यस क्षेत्रमा खानेपानीका लागि पहल गरिरहेको सिन्धुली ट्रष्ट नेपालको समन्वयमा खानेपानी सेवा उपलव्ध गराउनका लागि मिस नेपाल हङकङ लिम्बूले २ लाख ३० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
सिन्धुलीको भिमानमा आयोजित मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
मिस नेपाल हङकङ स्वयमले चियाबारीको वस्तुस्थिति बुझेर रकम हस्तान्तरण गर्नुभएको हो । सो रकमबाट अब तत्काल चियाबारीको तल्लो क्षेत्रमा खानेपानी पुर्याउनका लागि काम थालिने ट्रष्टका अध्यक्ष थापाले बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्