ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोजगार बोर्डको एक दशक : ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्व भुक्तानी


admin

काठमाडौं,१७कात्तिक । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।

रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ ।

रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिक रोजगारीमा जाने प्रणाली प्रवद्र्धन गर्न स्थापना भएको बोर्ड अनेकौ आरोहअवरोह पार गर्दै विदेशिएका श्रमिकको हकहित प्रवद्र्धनमा अहिलेको अवस्थामा पुगेको छ ।

रोजगारीको खोजीमा भौतारिँदै देश छाड्न बाध्य युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा प्रवद्र्धनात्मक, समन्वयात्मक-सहयोगात्मक र सुरक्षात्मक उपायको अवलम्बन गरी वैदेशिक रोजगारमा जाने कामदारको हित प्रवद्र्धन र यस क्षेत्रमा संलग्न सबै व्यवसायीलाई जिम्मेवार बनाउन जरुरी रहेको छ ।

बोर्डले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा गएका कामदार र तीनका परिवारको हकहित संरक्षण, सीप अभिवृद्धि, पुनः एकीकरण जस्ता कल्याणकारी कार्य गर्दै आएको छ । रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको बोर्डले जनाएको छ ।

आव २०६७-६८ देखि २०७४-७५ सम्म विभिन्न देशमा पाँच हजार ८३२ कामदारको मृत्यु तथा ७८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ । सो अवधिमा मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।

यसैगरी साउदी अरेबियामा एक हजार ६३४ पुरुष र तीन महिला, कतारमा एक हजार १९१ पुरुष र आठ महिला, युएईमा ४५६ पुरुष र २९ महिला, कुवेतमा १४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको थियो ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ जनालाई सहायता प्रदान गरेको छ । कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पु¥याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न गन्तव्य मुलुकमा अलपत्र परेका १०५ जनाको उद्धार गरिएको, २०६ वटा शव झिकाएको, एक हजार तीन शव ढुवानी गरिएको बोर्डले जनाएको छ । पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो । कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी रु १५ लाख पु¥याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “बोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ ।”

बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका कामदारको परिवारलाई सहयताका लागि विभिन्न काल्याणकारी कार्य गर्दै आएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका सन्ततिलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । हालसम्म एक हजार २५५ छात्रछात्राले छात्रवृत्ति सहयोग प्राप्त गरेका छन् ।

बोर्डले मृतक कामदारका कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक रुपमा रु आठ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई रु १२ हजार छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका कामदारका परिवारका सदस्यलाई तीनवर्षे र एकवर्षे पूर्ण निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका लाग दिइने अभिमुखीकरण तालीमका लागि पाठ्यक्रम परिमार्जनका लागि समिति गठन गरेको छ ।

कल्याणकारी कोषमा साढे चार अर्ब सञ्चित 

कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि भनेर बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ । आव २०७४÷७५ सम्म उक्त कोषमा रु चार अर्ब ५० करोड सञ्चित भएको छ ।

चालु आवको अन्त्यसम्म कोषमा रु पाँच अर्ब ७८ करोड ५० लाख रकम सङ्कलन हुने बोर्डको अनुमान छ । बोर्डले आव २०७५-७६ मा रु एक अर्ब २८ करोड ५० लाख आम्दानी र रु एक अर्ब २३ करोड ७५ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालीम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऊर्जामन्त्री बन्दै शक्ति बस्नेत

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ऊर्जामन्त्री बन्दै शक्ति बस्नेत

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक अभिलेख राख्ने

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...