धनकुटा,१७कात्तिक । धनकुटा नगरपालिकामा एक व्यक्तिको हत्या भएको छ। सुनसरीको इटहरीका ३५ वर्षीय रामबाबु चौधरीको धनकुटा नगरपालिका १ हिलेमा हत्या भएको प्रहरीले जनाएको छ ।
तिहारको अवसरमा हिलेमा लागेको रमाइलो मेलामा मेला लगाउन आएका चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव भेटिएको छ।
हत्या कस्ले र किन गर्यो भन्ने नखुलेको हिले प्रहरी चौकीका इन्चार्ज यदु कुमार खड्काले बताए। घटनाको अनुसन्धानका लागि १६ जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीले शील गरि अनुसन्धान कुकुरसमेत प्रयोग गरि अनुसन्धान गरेपनि हत्यारा पत्ता लागेको छैन ।
शव उठाई जिल्ला अस्पतालमा पोष्मार्टमका लागि ल्याएको छ । गत फूलपातीका दिनदेखि लागेको मेलामा ढाइस खेलाउन आएका चौधरी मेलास्थलमा एक्लै बस्ने गरेका थिए । धनकुटामा ढाइस खेलाउन पूर्णरुपमा बन्द गरिएको प्रशासन भने ढाइस खेलाउने गरिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्