
काठमाडौं,१७ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा रहेको बताउनुभयो ।
उप्रधानमन्त्री पोखरेलले करवृद्धि गरेर जनतालाई मारमा पार्ने काम सरकारले नगरेको भन्दै सेवा दिएर कर लगाउने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।
अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै कानुन बनाएर कामलाई प्रभावकारी बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिनुभयो । जनचाहना अनुसारको काम सरकारले गर्न नसकेको भने उहाले स्वीकार गर्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्