ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्व पीडित भन्छन, हामी न्याय कुरिरहेका छौं


admin
कार्तिक १६, २०७५ शुक्रबार  ५ : ०३ बजे

दाङ, १६ कात्तिक । प्रदेश ५ का द्वन्द्व पीडितहरुले आफुहरुले न्याय कुरिरहेको बताएका छन् । नागरिक आवाजले दाङमा आयोजना गरेको महिला शान्ति सम्वाद कार्यक्रममा सहभागि प्रदेश ५ का द्वन्द्वपीडित महिलाहरुले लामो समय देखि आफुहरु न्यायको लागि दौडिरहेको भएपनि न्याय नपाएको गुनासो गरेका थिए ।

द्वन्द्वको समयमा शहिद भएका, बेपता पारिएका, घाईते भएका, यातना पाएका महिलाहरुले न्यायका लागि बर्षौदेखि सम्बन्धित निकायमा धाएपनि कुनै न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

द्वन्द्वको समयमा बेपत्ता पारिएका परिवारले अझै पनि बेपता पारिएका ब्यक्ति आउछन, की भन्ने आशा गरिरहेको बर्दियाकी द्वन्द्वपीडित जुना सापकोटाले बताईन् । ‘राती कुकुर भुक्दा समेत मेरो मान्छे आयो की भनेर हेर्छौ’ उनले थपिन् ‘ बजारमा उस्तै कोही मान्छे देख्दा पनि आफ्नै मान्छे हो की भनेर घोरिएर हेर्नुपर्ने अबस्था छ ।’

द्वन्द्वपीडितका समस्या समाधान गर्न भनि सरकारी तथा बिभिन्न प्रयास भएपनि अझै समस्या समाधान हुन नसकेको दाङकी द्वन्द्व पीडित गीता पौडेलले गुनासो गरिन् ।

त्यस अवसरमा द्वन्द्व पीडित साझा चौतारी प्रदेश ५ का संयोजक चन्द्रकला पराजुलीले द्वन्द्वपीडित महिलाहरुका लागि प्रदेश सरकारले विशेष कानुनको व्यबस्था गरि कार्यान्वनयका लागि पहल थाल्नु पर्ने, पीडितका बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने ब्यबस्था मिलाउनुपर्ने, यातना पीडित, विस्तापित तथा यौनजन्य हिंसामा परेका महिलाहरुका लागि छुट्टाछुट्टै कानुनको निर्माण गर्नुपर्ने, पीडित महिलाहरुका लागि सुरक्षित आवाजको निर्माण, रोजगारीमा पहलगर्नुपर्ने बताईन् ।

त्यस्तै स्थानीय तहमा रहेका द्वन्द्वपीडितहरुको तथ्याङ्क संकलन गर्नुपर्ने, पीडित महिलाहरुलागि आकस्मिक कोषको व्यवस्था, परिचय पत्रको व्यबस्था, निःशुल्क उपचारको व्यबस्था, सीप मुलक तालिमको व्यबस्था हुनुपर्ने बताईन् ।

त्यस अवसरमा सत्य निरुपन तथा मेलमिलाप आयोग प्रदेश ५ को मुकाम कार्यालय दाङका विज्ञ सदस्य नारायण प्रसाद धितालले कर्मचारी समस्याले गर्दा समयमै काम गर्न नसकेको स्वीकार गरिन् ।

त्यस्तै मुकामकै विज्ञ सदस्य सीता आचार्यले प्रदेश ५ का एक हजार सात सय फाईल मध्य चारसय १८ वटा फाईल प्रारम्भीक अध्ययन गरि केन्द्रमा पठाएको बताईन् ।प्रदेश ५ कौ १२ जिल्लाका द्वन्द्वपीडित महिलाहरुले न्याय र आत्म सम्मानका लागि सरोकारवाला जिम्मेवार निकायले ध्यानमा राखि तत्काल कदमहरु चाल्नुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com