ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारले योजना बनाउनु पर्छ : मन्त्री खनाल


admin

बर्दिया,१६ कात्तिक । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमणि खनालले कृषि क्षेत्रको विकासको लागि स्थानीय निकायले योजना बनाएर जानु पर्ने बताउनु भएको छ ।

बर्दिया जिल्लाको बुढान सहकारी संस्था लिमिटेड र आन्र्तराष्टिय धान अनुसन्धान केन्द्रले आयोजना गरेको धान उत्पादन प्रसोधन र बजारीकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले बर्दिया जिल्ला उर्वर भुमि र कृषि योग्य जमिन यथावत् रहेको कारणले कृषि क्षेत्रको विकास गर्नका लागि स्थानीय निकायले छिट्टै नै योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

बर्दियाको केही जमिन खण्डीकरण गरी घडेरीमा परिणगत नभईसकेको र उर्वर भुमि यथावत् रहेको कारणले बर्दियामा धान खेतीको लागि केही गर्न सकिने बताउनु भयो । उहाँले आदिवासी थारु जाती मेहनती र कृषिमा सफल भएको कारण पनि धान खेती सहज भएको बताउनु भयो ।

राजापुरलाई धान सुपर जोनको रुपमा विकास गरीएको बताउँदै मन्त्री खनालले बारबर्दिया लगाएतको क्षेत्रलाई पनि बास्नादार र मसिनो धान उत्पादन गरीने क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । मन्त्री खनालले जग्गाको चक्लाबन्दी गरी कृषिका आधुनीक प्रविधिहरु भित्र्याएर कम लागतमा बढि मुनाफा हुने खालको कृषि व्यवसाय गर्न गराउन बुढान कृषक बहुमुखी सहकारी संस्थालाई सुझाव दिनु भयो । जग्गा चक्ला बन्दी भएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनुदानको व्यवस्था पनि गर्ने बताउनु भयो ।

मसिनो बास्नादार धान उत्पादन, प्रशोधन र बजारीकरणको सम्भावना खोजी गर्नका लागि आयोजना गरीएको अन्र्तक्रिया कार्यक्रम छलफल गर्दै कार्यक्रमका सहभागीहरुले हाल भारतबाट आयात भईरहेको मसिनो चामल नेपाल मै उत्पादन गरेमा केही भएपनि भारतबाट आउने चामल रोकीने बताएका छन् ।

आन्र्तराष्टिय धान अनुसन्धान केन्द्रको सहयोगमा बुढान कृषक बहुउद्देश्य सहकारी संस्थाले मसिनो, लामो र बास्नादार धान उत्पादन, प्रशोधन र बजारीकरण गर्नका लागि अगाडी बढेको कृषक बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष नवराज सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com