ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीका लागि सौर्य टुकी लिएर डोल्पा पुगे विद्यार्थी नेता योगेन्द्र


admin

 


डोल्पा,१६ कात्तिक । दुर्गम हिमाली जिल्ला डोल्पामा अध्ययनरत विद्यार्थीकालागि सौर्य टुकी वितरण कार्यक्रम लिएर विद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुगेकाछन् ।
जिल्लाका पन्ध्रवटा माध्यामिक विद्यालय मध्ये पहिलो चरणमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा विद्यालयमा ११ लाख २५ हजार मुल्य बराबरका सौर्य टुकी वितरण गर्ने कार्यक्रम अनुरुप नेपालगंञ्जबाट सामान सहित जहाज चार्टर गरेर विद्यार्थी नेता बुढा डोल्पा पुगेका हुन् ।

सदरमुकाम दुनैमा रहको सरस्वती मावि र आदर्श माबि जुफालमा अध्ययरत दुईसय पचास जना विद्यार्थीलाई सौर्य टुकी वितरण कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी एकथानका दरले सोलार बाँडिएको हो ।

कक्षा ९ र १० मा अध्ययनरत विशेष गरेर आगामी एस.इ.ई परीक्षामा सामेल हुने गरिब,जेहेन्दार, दलित अल्पसङ्ख्यक र पिछडिएका बर्गका विद्यार्थीको पढाइलाई लक्षित गर्दै प्रति विद्यार्थी दश वाटको सोलार बाँडिएको बुढाले बताए ।
सो कार्यक्रम अन्तर्गत सरस्वती उमाविमा १ सय थान र आदर्श माविमा १ सय ५० थान सोलार वितरण गरिएको थियो ।

अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य समेत रहेका बुढाका अनुसार सदरमुकाम दुनै र एयरपोर्टमा भरपर्दो बत्तीको सुविधा नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको कुरालाई ध्यानमा राखेर उनीहरुको सुनौलो भविश्य निर्माणका लागि सहयोग पुग्ने भन्दै बैकल्पि उर्जा प्रवर्दन केन्द्रसँग समन्वय गरेर कार्यक्रम पारेको बताए ।
विद्यार्थीको हात-हातमा सोलार पुगेपछि उनीहरुमा खुशीयाली छाएको छ ।

“यो भन्दा अगाडि घण्टौ लोडसेडिङ हुन्थ्यो,बत्तीको सुविधा नहुँदा बेलुकी पढ्न समस्या हुन्थ्यो,स्कुलमा सरहरुले दिएको गृहकार्य पनि छुट्थ्यो” आदर्श मावि जुफालमा कक्षा १० मा अध्ययनरत अमर डाँगीले भने ।

“सोलार पाएपछि हामी खुशी छौँ,राती अबेरसम्म पढ्न पाईने भएकाले शिक्षाको गुणस्तरमा सुधार हुने अपेक्षा छ,गृहकार्य नछुटेपछि सरहरुको माया पाउनेछौँ ।”
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी निम बहादुर बिकका अनुसार “घण्टौँ लोडसेडिङका कारण आजको युगमा पनि दियालोको भरमा पढ्नुपर्ने बाध्यता थियो,निशुल्क रुपमा पाएको सोलारको सही सदुपयोग गरेर भविश्यमा ठुलो मान्छे बन्ने सपना छ ।”

दुर्गम ठाँउमा अध्ययनरत विद्यार्थीका लागि भनेर लाखौँ मुल्यका सोलार ल्याएर वितरण गरेको भन्दै शिक्षक र विद्यार्थीले भव्य स्वागतका साथ विद्यार्थी नेता बुढाप्रति आभार समेत ब्यक्त गरेका थिए ।

शुक्रबार जुफालमा आयोजित सोलार वितरण कार्यक्रममा बोल्दै बुढाले सौर्य टुकी कार्यक्रम नपरेका अन्य १३ वटा माध्यामिक विद्यालयमा कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यतिमात्रै नभई आज भोलीको युग कम्प्युटरको युग भएकाले १३ वटै माविमा कम्प्युटर चलाउनको लागि धेरै क्षमताका सोलार वितरणका लागि पहल गरिरहेको समेत उनले जानकारी दिए ।

जिल्लाको विकासका लागि प्रत्यक्ष रुपमा योगदान पु¥याउँदै आएका बुढाले साविकको माझफाल गाविसमा मोवाईल टावर निर्माणका लागि एक वर्ष अगाडी सम्पुर्ण सामानहरु चार्टर गरेर ल्याएका थिए ।

विभिन्न भौगोलिक कठिनाईका बाबजुत टावर निर्माणकार्य अन्तिम चरणमा पुगेकाले छिटै संञ्चालनमा आउने उनले बताए । जनप्रतिनिधि,वि.ब्य.स पदाधिकारी,प्रअ,शिक्षा प्रेमी लगाएतका सरोकारवालाहरुको उपस्थितिमा सोलार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com