काठमाडौं, १५, कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा पनि नेपाल भर लोडसेडिङ नहुने बताउनु भएको छ ।
बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा यस वर्ष पावर सप्लाई बढेकाले तिहारमा देशैभर लोडसेडिङ नहुने बताउनुभएको हो । यस पटक पिक आवरमा समेत १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ ।
प्राधिकरणले अनुमानित माग धेरै भए पनि धान्न सक्ने अवस्था रहेकाले लोडसेसिङ नहुने निर्देशक घिसिङले बताउनुभयो । उहाँले दिपावलीमा कतै -कतै प्रविधिक समस्याले बत्ती जान सक्ने भए पनि सप्लाइका कारण लोडसेडिङ नहुने बताउनुभयो ।
यस वर्ष कुलेखानीमा गत वर्षभन्दा धेरै पानी जम्मा भएकाले पनि लोडसेडिङमा समस्या नआउने उहाको भनँइ थियो । यस्तै निर्देशक घिसिङले यस वर्ष जलबिद्युत सेयरको वर्ष भएको बताउनुभएको छ ।
यस वर्ष सर्वसाधरणकै लागतमा ७ सय ५६ मेटावाट विद्युत आयोजना निमार्ण गरिदै छ । जसमा १ खर्व लगानी भएको छ । यसबाट जलबिुद्यतमा स्थानियरुपमा जलस्रोतमै लगानी उठाउन सकिन्छ भन्ने देखिएको उहाँको भनाइ छ ।
यस वर्ष १८ सय मेटावाट निमार्ण प्रक्रियामा अगाडी बढेको प्राधिकरणले जनाएको छ । अर्काे वर्ष थप ८ सय थपिदै छ । जसले गर्दा ३ वर्षमा सरकारले लिएको लक्ष्य बराबर विद्युत उत्पादन गर्न सकिने प्रधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्