
सिन्धुली १४, कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघियताबाट पछि हट्नु पर्ने बताएका छन । नेपालमा संघियता, घर्म निरिपेक्षता र राजतन्त्रको विषय हतारमा गरिएको निर्णय भएको बताएका छन ।
हतारमा गरेको संघियताको निर्णय अब सच्याउनुको विकल्प नभएको उनले बताए । नेपालमा संघियता, धर्मनिरिपेक्षता जस्ता हतारमा गरिएका निर्णय दिर्घकालिन वा आशिंक रुपमा भएपनि सच्याउनु पर्ने उनले बताए ।
कार्यकर्ता भेटघाटका लागी सिन्धुली आएका थापाले पर्याप्त बहस विना संघियता ल्याउदा मुलकमा अहिले अस्थितरता फैलिएको दावि समेत गरे । उनले आफुहरुले संविधान जारी गर्ने वेलामा नै यसको विरोध गरेको भएपनि दुई तिहाई संसदको अगाडी आफुहरुको केही नलागेर अलोचनात्मक समर्थन गरेको उनले बताए ।
आफुहरुको विरोधका बाबजुत संसदबाट संघियता र धर्मनिरिपेक्षता कार्यान्वय भएपनि आफुहरु बाध्यताबस सरकारमा बसेको उनले बताए । आफुहरुको कुरा जनतामाझ लान र राज्य संचालनमा सहज्ता पैदा गर्न आफुहरु सरकारमा वसेर संविधानमा भएको व्यवस्थाको अलोचनात्मक समर्थन गरेको उनले बताए ।
धर्मनिरपेक्षता, संघियता र गणतन्त्र नेपालका बारेमा पर्याप्त छलफल, बहस नै नगरि जनताको अभिमत विना नै राखिएकाले बहस नै नगरिएको उनले बताए ।
धर्मनिरपेक्षता, संघियता र गणतन्त्रको विपक्षमा राप्रपा नेपालले मात्र मतदान गरेको स्मरण गराउदै कार्यकर्ता भेटघाटमा उनले विगतका नीति र मार्ग चित्रलाई पुनःबिचार गर्ने बेला भएकाले राजनैतिक दलहरुलाई जनताको भावना विपरित नजान पनि आग्रह गरे ।
उनले भने “आज १२ बर्ष भै सकेको छ नेपाललाई धर्मनिरपेक्षता, संघियता र गणतन्त्र देशको रुपमा घोषणा गरेको तर उपलब्धि के भयो ? जनताले के पाए ? यस अर्थ राजनैतिक दलहरुले पुनःबिचार गर्न जरुरी छ, अव आंशिक सुधार वा पुर्ण सुधार के गर्ने राजनैतिक दलहरुले अहिलेको समयमा बहस गरि विगतका त्रुटीगत नीतिलाई पुनःबिचार अनिवार्य गर्नुपर्छ ।”
संघियताको चर्चा गर्दै थापाले संघियताका कारण मुलुकको अरवौ रकम तलव भक्तामा गएको, संघियता कार्यान्वयन गर्न विदेशिसंग लोन लिनु परेको छ, अब कति वर्षसम्म लिने, सदैव लोन लिएर संघियता टिकाउन सकिदैन उनले भने । स्थानीय, प्रदेश र केन्द्र सरकारको मनोमानी कर लिएकाले जनता अनावश्यक बोझ बोकिरहेको भन्दै आवश्यकता अनुसार र उपयुक्त कर लिन उनले तीनै तहका सरकारलाई आग्रह गरे ।
साथै देशमा देखा परेको विभिन्न समस्या र चुनौतिलाई सामना गर्न, विखण्डनकारी शक्ति र सर्वसक्ताबादी शक्तिलाई पराजित गर्न एउटा वलियो राष्ट्रबादि प्रजातन्त्र पार्टी गर्नु पर्ने भएकाले अव छिट्टै समान विचारधारमा भएका राजनैतिक दलहरुसंग एकताको प्रक्रिया अघि बढेकाले बलियो शक्तिका रुपमा आफु उभिने बताए ।
नीतिगत र व्यवस्थागत त्रुटिका कारण अहिले सरकार प्रति छोटो समयमा नै जनतामा निराशा छाएको भन्दै व्यक्ति वा दल परिवर्तन भन्दा पनि जनहितमा नीतिगत सुधार गर्न र त्रुटिपुर्ण मार्गचित्रलाई सुधार गर्न सरकारलाई सुझाव दिनुभयो ।
अहिले देशको आन्तरिक शान्ति सुरक्षा, हिंसा हत्या र बलात्कारका घटना नियन्त्रण गर्न नसकेको, भष्ट्राचार तिव्र मौलाउनु, विखण्डनकारी शक्ति सक्रिय भै रहदा जनतामा निराशा छाएको भन्दै यस तर्फ सरकारले जनताको मन जित्नेगरी काम गर्नुपर्ने उनले बताए ।
सरकारका केही राम्राकाम रहेको र अन्य काममा पनि जनताको भावना बुझनु पर्ने उनको भनाई थियो । नेपालको हित हिन्दुराष्ट कायम नगरेसम्म मुलकको हित नहुने उनको भनाई थियो ।



















प्रतिक्रिया दिनुहोस्