ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडितले किन पाएनन् तेस्रो किस्ता ?


admin

लमजुङ, १४ कात्तिक । सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई-तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् ।

पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ । त्यसका लागि लाभग्राहीले वडा कार्यालयमा निवेदन दिन्छन् अनि गाउँ, नगर वा वडामा खटिएका प्राविधिकले जाँच र सिफारिश गरेपछि सम्बन्धित गाउँ तथा नगरपालिकाले शहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन एकाइमा पठाउँछन् तर भौगोलिक कठिनाइ, अपर्याप्त प्राविधिकका कारण सिफारिश गर्न नै कम्तीमा एक महीनासम्मको समय लाग्ने गरेको पाइएको छ ।

भदौ दोस्रो साता तेस्रो किस्ताका लागि आफ्नो घरको जाँच गरी सिफारिश गर्नुभएका राइनास नगरपालिका–२ का श्रीकृष्ण घिमिरेले हालसम्म तेस्रो किस्ताको रकम प्राप्त गर्न नसकेको दुखेसो व्यक्त गर्नुभयो । “ऋण गरी घर त बनाइयो ।” उहाँले भन्नुभयो, “तेस्रो किस्ताको रकम तीन महीनासम्म पनि पाइन । साहुलाई तिर्नुपर्ने ब्याजमात्र थपियो ।”

“भौगोलिक विकटता र अपर्याप्त इञ्जिीनयरका कारण निवेदनउपर कारवाही (निरीक्षण) गर्न नै समय लाग्छ”, दूधपोखरी गाउँपालिका–३ का वडाध्यक्ष तिलक गुरुङले भन्नुभयो “इञ्जिनीयरले प्रमाणित गरेपछि सिफारिश पत्रसहित पठाउँदा कम्तीमा एक साता लाग्छ ।”

भौगोलिक कठिनाइ र प्राविधिकको सङ्ख्या न्यून भएकाले निश्चित समयावधिमा मात्र प्राविधिक बस्तीबस्तीमा पुग्ने गरेका छन् । गाउँपालिका तथा नगरपालिकामार्फत शहरी विकास तथा भवन डिभिजन कार्यालयको आयोजना एकाइमा आएपछि पनि धेरै समयसम्म फाइल बस्ने गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाबाट एकैसाथ धेरै मात्रामा फाइल आउने गरेकाले जाँच गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा सिफारिश पठाउन ढिला हुने गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्राविधिक दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।

“स्थानीय तहमा खटिएका इञ्जिनीयरले सिफारिश गरेपछि हामीले प्राप्त फाइलको जाँच तथा मापदण्ड हेरेपछि ठीक छ भने फाइल पठाइहाल्छौ । नभए सम्बन्धित स्थानीय तहमा नै फिर्ता पठाउँछौँ, उहाँले भन्नुभयो ।” शहरी विकासबाट अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइमा आएपछि लाभग्राहीको विवरण राख्ने काम हुन्छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइमा शहरी विकासबाट आएको फाइलअनुसार भुक्तानी आदेश बनाएर सिधै कोलेनिकामा पठाउने गरिएको अनुदान व्यवस्थापन कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताउनुभयो । शहरी विकासबाटै फाइल आउन समय लाग्छ । उहाँले भन्नुभयो, “हाम्रोमा आउनासाथ भुक्तानी आदेश बनाएर कोलेनिकामा पठाउँछौँ ।”

जिल्लाका १३ हजार ९५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३१७ घरपरिवारले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ताको तुलनामा दोस्रो र अन्तिम किस्ता रकम निकासा हुनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।

जिल्लामा हालसम्म चार हजार ९८९ घरपरिवारले दोस्रो किस्ता र ६८२ घरपरिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन् । २०० घर परिवारलाई गैरसरकारी संस्थामार्फत पहिलो र दोस्रो किस्ता प्रदान गरिएकोे थियो ।

आवास प्रवलीकरण सूचीमा परेका ५३९ लाभग्राही मध्येमा हालसम्म ३०५ घरपरिवारले मात्र पहिलो किस्ता बराबर रु ५० हजार भुक्तानी गरिएको रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको सङ्ख्या छ हजार ८५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com