ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल


admin
कार्तिक १४, २०७५ बुधबार  ११ : ५७ बजे

चितवन, १४ कात्तिक । भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ ।

चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ । नवलपुरको कावासोती, धादिङको सल्यानटार र बाराको सिम्रनगढमा आँखा उपचार केन्द्र खोलेर सेवा दिँदै आएको छ । यसैगरी सिम्रनगढको आँखा उपचार केन्द्रमा हरेक महीनाको दुई पटक शल्यक्रियासमेत गरिँदैआएको छ भने पर्साको ठोरीमा आँखा अस्पताल सञ्चालन गरेको छ ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार नवलपरासी, सर्लाही, गोरखा, तनहुँ र लमजुङका बिरामी अस्पताल र सेवा केन्द्र भएका ठाउँमा आएर उपचार लिने गरेका छन् । दशवटै जिल्लामा शिविर आयोजना गरी सेवा दिँदै आएको छ ।

धरेलका अनुसार स्थानीय क्लब, रोटरी क्लब, लायन्स क्लब, विभिन्न सामाजिक सङ्घ संस्था, सेवा फाउण्डेशन अमेरिका, सेवा सोसाइटी क्यानडा, डेक फाउण्डेशन नेदरल्याण्ड, भारतीय र पाकिस्तानी राजदूतावासलगायतले सहयोग पु¥याउँदै आएका छन् ।

ती संस्थाको सहयोगमा अस्पताल, सेवा केन्द्र र शिविरमार्फत निःशुल्कदेखि न्यून शुल्कमा आँखा परीक्षण, शल्यक्रिया र चश्मा एवं औषधि वितरण गर्दै आएको उहाँले बताउनुभयो । गत वर्षमात्र अस्पतालले रु एक करोड चार लाख ६८ हजार १५० आँखाको शल्यक्रियामा छुट दिएको थियो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा एक लाख ६८ हजार ६७ जनालाई सेवा दिएको थियो । उहाँका अनुसार तीमध्ये एक लाख १८ हजार ४४५ जनालाई अस्पतालबाट, २६ हजार ६२८ जनालाई आँखा उपचार केन्द्र र २२ हजार ९८५ जनालाई आँखा शिविरमार्फत सेवा दिइएको हो ।

अस्पतालले गत वर्ष छ हजार ६० जनाको आँखाको शल्यक्रिया गरेको थियो ।
यस वर्ष एक लाख ३२ हजार अस्पतालबाट, २५ हजार ५०० आँखा शिविरबाट र ४२ हजार ५९५ उपचार केन्द्रबाट गरी दुई लाखभन्दा बढीलाई सेवा दिने अस्पतालले लक्ष्य राखेको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com