
काठमाडौं, ८ असोज । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय मानसिक सन्तुलन गुमाएकी एक युवती बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।
युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्