ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्याँक नआउँदा राहत वितरण प्रभावित


admin

रत्ननगर (चितवन), २१ भदौ । चितवनमा बाढी प्रभावित व्यक्तिको संख्या यकिन नहुँदा राहत वितरण प्रभावित भएको छ ।

सरकारबाट प्राप्त प्रतिव्यक्ति दैनिक रु ७० राहत रकम, संख्या यकिन नहुँदा राम्ररी वितरण गर्न सकिएको छैन जसका कारण एउटा नगरपालिकाबाहेक अन्य नगरपालिका र भरतपुर महानगरमा घरधुरीको आधारमा मात्रै न्यून राहत उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति हरिबाबु ढकालले जानकारी दिनुभयो ।

जिल्लामा बाढीबाट ४९९ घर पूर्ण क्षति भएको तथ्याँक छ । तर ती घरमा कतिजना मानिस प्रभावित भएका छन् भन्ने तथ्याँक माडी नगरपालिकाबाहेक अन्यबाट आउन नसकेको ढकाल बताउनुहुन्छ ।


माडीमा व्यक्ति संख्याका आधारमा रकम वितरण भएपनि अन्य क्षेत्रमा प्रभावित व्यक्ति संख्या प्राप्त नभएकाले क्षति भएको घरलाई एकजना मानेर अहिलेसम्म रु १४ लाख ६३ हजार ८४० राहत वितरण भएको छ ।

सरकारबाट प्राप्त रकम प्रतिव्यक्ति दैनिक रु ७० का दरले भदौ महिनाभरको ३१ दिनको हिसाब गरेर सो रकम उपलब्ध गराइएको छ । माडीमा भने १२३ घरधुरी पूर्ण क्षति भएकोमा ३२३ जना प्रभावित भएको तथ्याँक आएकाले उनीहरुका लागि रु सात लाख ९१० राहत वितरण भएको समितिले जनाएको छ ।

यस्तै, भरतपुर महानगरमा ८२ घरका लागि रु एक लाख ७७ हजार ९४०, रत्ननगर नगरपालिकामा १११ घरका लागि रु दुई लाख ४० हजार ८७०, खैरहनी नगरपालिकामा ३६ घरलाई रु ७८ हजार १३०, राप्ती नगरपालिकामा १३१ पीडित घरका लागि रु दुई लाख ८४ हजार २७० वितरण भएको ढकालले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका पीडितलाई भने राहत वितरण बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भदौ महिनामा बाढी पीडितले प्रतिव्यक्ति रु दुई हजार १७० राहत पाउँछन् ।

अहिले घरधुरीअनुसारको रकम पठाएकाले तथ्याँक आएपछि अन्य बाँकीलाई राहत वितरण गर्ने विपद् समितिले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्ट राहत वितरण प्रभावकारी गर्न निर्देशन दिएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com