काठमाडौं,३१ भाद्र । सुतिरहेको अवस्थामा एक युवकको खुकुरीले घाँटी काटेर हत्या भएको छ । सिरहामा गोलबजार नगरपालिका–३ पुरानो डिहमा घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको बेलामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो ।
चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ । उनको खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो । सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्यो भन्ने विषयमा खुल्न सकेको छैन ।
तामाङको शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्