
काठमाडौं, १९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा भएको सहमति र कार्यान्वयनका आधारबारे आज प्रतिनिधिसभा बैठकलाई जानकारी गराउन लागेका छन ।
गत बिहीवार र शुक्रवार काठमाडौंमा भएको सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो ।
बिमस्टेक आवद्ध मुलुकमा सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने, कनेक्टिभिटीका लागि नयाँ योजना र बुद्ध सर्किट बनाउने लगायत सहमति भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत मंगलबारको बैठकलाई सम्बोधन गर्दै बिमस्टेकको तयारी, नेपालले प्रस्तुत गर्ने एजेण्डा लगायतबारे जानकारी दिएका छन ।प्रतिधिसभा बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ ।



















प्रतिक्रिया दिनुहोस्