काठमाडौं,१९ भाद्र । सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ ।
वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको बताइएको छ ।यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारीभउको छ ।
श्रम मन्त्रालयल र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण केन्द्र सबै एउटै सिस्टममा हुने भएको छ ।
सिस्टममा कुन संस्थाका फाइल कुन कर्मचारीको टेबलमा पुगेर अड्एिको छ भनेर हेर्न सकिन्छ । चित्तबुझ्दो कारण विना फाइल अड्काइएमा मन्त्रालयलार्इ ‘एक्सन’ लिन सजिलो हुनेछ ।
कामदारको सम्पुर्ण विवरण पासपोर्ट नम्वर हानेकै भरमा भेटिनेछ । कुनै पनि व्यक्तिको उजुरी गुनासो समेत अनलाइन सिस्टममा आवद्ध हुने बताइएको छ ।
सोमबारबाट विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्न सुरु हुनेछ । अहिलेसम्म यसको थालनी भएको छैन ।
रोजगारीका लागि विदेशी जाने नेपालीहरुको रेकर्ड सरकारसँग हुन्छ । तर, विदेशबाट फर्किनेहरुको बारेमा सरकारी निकायहरु कुनै खोजखबर गर्दैनन् ।
विदेशमा श्रम गरेर वर्षेनी कति नेपाली स्वदेश फर्किन्छन् भन्ने प्रश्नमा उत्तर दिन नसक्ने सरकारले अब भने एकीन तथ्यांक नै लिने तयारी गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले फर्किएका कामदारको पनि सम्पूर्ण रेकर्ड राख्ने तयारी गरेको छ । यो व्यवस्थासहित वैदेशिक रोजगारीमा जाने युवाको विवरण र तथ्यांक व्यवस्थित गर्ने गरी श्रम तथा रोजगार मन्त्रालयले अनलाइन सिस्टम विकास गरेको छ ।
श्रममन्त्री गोकर्ण बिष्टले अबका यस्तो अनलाइन सिस्टममा विदेश जानेहरुको पनि सम्पुर्ण खालका तथ्यांक र विवरण रहने बताएका छन।
अहिलेसम्म फर्किनेको तथ्यांक एकीन नहुँदा सरकारले नीति निर्माणमा अप्ठेरो खेप्दै आएको थियो । विदेश जाने युवाको तथ्यांकमा पनि अनेक प्रकारका अन्योल थिए । श्रम स्वीकृति लिने संख्यालाई नै विदेश गएको संख्याका रुपमा मानिँदै आएको थियो ।
अब भने कामका लागि श्रमिक भिसामा जाने र त्यहाँबाट काम गरेर फर्किनेको तथ्यांकलाई व्यवस्थित र एकीकृत गर्न लागिएको हो ।
‘कामका लागि विदेश जान सबैको सम्पूर्ण व्यक्तिगत विवरण, नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायतका सबै विवरण अनलाइनमा एक क्लिक गर्दा भेटिने गरी राख्ने मन्त्री बिष्टले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्