काठमाडौं , १९ भदौ । नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रिपेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । ल्यान्डलाइन भने सञ्चालन भइरहेको छ ।
नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि–पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्