काठमाडौं,१८ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिनु भयो ।
उहाँले कर बढाउनेलगायतका सरकारका काम कार्वाही सन्तोषजनक नरहेको स्मरण पनि गराउनु भयो । सोमबार चितवनमा स्थानीय संचारकर्मीमाझ सभापति देउवाले चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने योजना पनि अघि सार्नु भयो ।
काँग्रेस सभापति देउवाले नयाँ मुलुकी ऐन जनभावना अनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा पनि जोड दिनु भयो । उहाँले संविधान, कानुन परिमार्जन गर्दै लैजाने दस्तावेज भएकाले यसलाई सोही अनुसार अघि बढाउन सरकारलाई पनि आग्रह गर्नु भयो ।
सभापति देउवाले मुलुकमा बलात्कारलगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी तत्काल कार्वाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्