दाङ, २८ साउन । आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउँदा सोमबार बिहानदेखि लमही— तुलसीपुर सडकमा यातायात ठप्प छ ।
लमही—तुल्सीपुर सडकखण्ड अन्तरगत बबइखोला, पत्रेखोला, सग्राम खोला, ग्वारखोला लगायतका खोलामा बाढी आएका कारण सवारी साधन चलेका छैनन् ।
बाढीका कारण सबैभन्दा बढि मोटरसाइकल चालकहरु मारमा परेका छन् । खोलामा मोटरसाइकल जोखिम मोलेर डोर्याएर तार्नु पर्ने बाध्यता रहेको मोटरसाइकल चालकको गुनासो छ ।
दैनिक जस्तै आउने बाढीमा मोटरसाइकलहरु दिनहुँ जसो खोलामा पल्टने तथा बग्ने गरेका छन् । जनधनको क्षति हुन नदिन बाढी आउनेबित्तिकै प्रहरीले खोलाको दुवै किनारमा पहरा दिने गरेको छ ।
दाङको लमही–तुलसीपुर सडकमा पर्ने दश ओटा खोला मध्ये ९ ओटा खोलामा पुल नहुँदा यात्रु तथा सवारी साधनले वर्षौदेखी सास्ती खेप्दै आएका छन् ।



















प्रतिक्रिया दिनुहोस्