ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवालाई नेपाली दूतावासमा स्वागत


admin

नयाँदिल्ली, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गर्नुभएको छ ।

भारतको राजकीय भ्रमणका लागि बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली विद्यार्थी उच्च शिक्षा र ज्ञान आर्जन गरेपछि नेपाल फर्किनुस्, देशलाई तपाईहरूको सेवा र ज्ञान आवश्यक छ ।”

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपाली राजदूत दीपकुमार उपाध्यायसहित कर्मचारीहरू तथा त्यहाँ उपस्थित ठूलो संख्याका नेपालीहरूले विशेष स्वागत गरेका थिए ।

त्यहाँ उपस्थित नेपाली समुदायका नागरिकको भेलालाई सम्बोधन गर्दै उहाँले भारतमा वा संसारको कुनै पनि कुनामा रहेका नेपालीहरूलाई आफ्नो देशको प्रतिष्ठालाई माथि उठाउने गरी र आफ्नो मातृभूमिप्रतिको कर्तव्य बोध गरेर आ आफ्ना पेसा र व्यवसाय गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल भारतबीच सदियौँदेखि असल सम्बन्ध रही आएको स्मरण गर्दै यस सम्बन्धलाई थप सुमधुर र विकसित गर्न भारतमा रहेका प्रवासी नेपालीले अवैतनिक दूतका रुपमा काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनस्तरमा दुई देशको सम्बन्ध विकासका लागि तपाईहरूको भूमिका अहम हुन्छ, सकारात्मक भूमिका निर्वाह गर्नुहोला ।”
प्रधानमन्त्री देउवाले नेपालमा अब नयाँ संविधान लागू भएसँगै राजनीतिक स्थायित्वको वातावरण बनेको र लगानीका थूपै्र सम्भावनाहरू पनि खुलिसकेकाले नेपालमा लगानीका लागि पनि भारतमा रहेका नेपाली समुदाय एवम् भारतीय उद्योगपति व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा भारतमा रहेका विभिन्न प्रवासी संघ, संगठनहरूले भारतमा रहँदा, विभिन्न पेसा व्यवसाय सञ्चालन गर्दा, अध्ययन अध्यापन गर्दा उत्पन्न समस्याका साथै समय समयमा नेपाल जाने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि ज्यादति गर्ने गरेको भन्दै ती समस्याको समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रवासी नेपाली संस्थाहरूले नेपालमा २०४६ साल होस या दोस्रो जनआन्दोलनका समयमा पनि नेपालमा प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्दै उनीहरूको समस्याप्रति गम्भीर भएर नेपाल सरकारले भारतसमक्ष कुरा उठाउन आग्रह गरेका थिए ।

उनीहरूले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था रहेको, भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या रहेकाले समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल गरिदिनुपर्नेमा जोड दिएका थिए ।

नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता समाजलगायतले ती समस्याबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री देउवाले आजै साँझ नयाँ दिल्लीको होटल ताजमा भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजना हुने उद्योगी, व्यवसायीहरूको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

विभिन्न सम्झौताका लागि तयारी हँुदैछ ः उपप्रम महरा

यसैबीच दूताबासमै सम्वाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयसँग सम्बन्धित लागू औषधको अवैध ओसार पसार र दुरुपयोग नियन्त्रणसम्बन्धी सम्झौता हुने बताउनुभयो ।

यसअन्तर्गत सचेतना अभिवृद्धि, समुदायमा आधारित शिक्षा कार्यक्रम र उपचार तथा पुनःस्थापना जस्ता क्षेत्रमा काम गरिनेछ । लागू औषधको दुरुपयोग नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बारेमा सो सम्झौता गरिने छ ।

त्यसैगरी उद्योेगसम्बन्धी गुणस्तर निर्धारणका कार्यक्रममा पनि दुई देशबीचमा सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो । दुवै देशका उत्पादनहरूलाई गुणस्तर चिह्न प्राप्त गर्ने र तिनको प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ ।

त्यसैगरी नेपालमा भूकम्प पीडितलाई भारत सरकारले दिने पुनर्निर्माणको सहयोगको प्याकेज तथा त्यसमा सम्पदा निर्माण, शिक्षा, प्राविधिक सहयोग, परामर्शदाता सहयोग, स्वास्थ्य लगायतका क्षेत्रको सहयोगमा पनि सहमति हुनेछ ।

मन्त्री महराले कतिपय सम्झौताका विषयहरू छलफलमै रहेका र आज या भोलिबिहानसम्ममा छलफल गरेर टुंगो लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

पुराना सम्झौतालाई कार्यान्वयनमा जोड दिन्छौँ, राजदूत उपाध्याय

यसैगरी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने बताउनुभयो ।
उहाँले नयाँ सहमति र सम्झौताका लागि पनि छलफल जारी रहेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com