
काठमाडौँ, १४ साउन । नेपाल कम्युनिष्ट पार्टीद्वारा प्रस्तावित सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नगर्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाई समितिको एक सांसदले जानकारी दिएका अनुसार बैठकअघि आन्तरिक छलफलमा जुटेका नेकपाका सांसदले जोशीलाई प्रधानन्यायाधीशका रुपमा अनुमोदन नगर्ने निर्णय गरेको हो ।
जोशीको नाम अनुमोदन नगर्ने निर्णय बारे जानकारी दिँदै एक सांसदले भने, ‘संसदीय सुनुवाई समितिले यसपटक नयाँ रेकर्ड बनाउँछ, हामीले जोशीको नाम अनुमोदन नगर्ने निर्णय गरेका छौँ ।’
बैठकमा पूर्व महान्याधीवक्ता हरि फुयाँल, अधिवक्ता टिकाराम भट्टराई, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देब गुरुङसहित सुनुवाई समितिमा रहेका ९ सांसद सहभागी थिए ।



















प्रतिक्रिया दिनुहोस्