काठमाडौं,१३ साउन । मासुको लागि प्रयोग गरिने पशुलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट परेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठ र सटकोण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषी तथा पशुपन्छी मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै परमाआदेश लगायत उपयुक्त आदेशको माग गर्दै मुद्दा दायर गरेका हुन्।
मासुजन्य पशुपन्छीलाई साना ठूला ट्रक र साइकलमा मुन्टो उधो पारी झुन्डाएर ओसार पसार गर्न नहुने उनीहरूको जिकिर रहेको छ।
मासुको रुपमा प्रयोग गर्दै आएको पशुहरुको बध गरी खान योग्य मासु तयार हुनु अघि त्यस पशुलाई एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने क्रममा आज सम्म गरिदै आएको क्रुर निर्दही व्यवहारले पशुलाई पुग्न गएको कष्ट र त्यसको मासु हामीले प्रयोग गर्ने गरेको सन्दर्भमा अध्ययन गर्दा पशुलाई बध गर्नु अघि गरिने ढुवानीमा विपक्षीहरुले लापरवाही गरी कानून र मापदण्डको कार्यान्वयन नगरेको कारणले एउटा पशुलाई अत्यन्त दानवीय ढंगले ओसार पसार गरेको अध्ययनबाट प्राप्त भएकोु, रिट निवेदनमा उल्लेख गरिएको छ।
पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम १५ को (घ) मा पशु ढुवानी गर्ने तथा प्रयोग गरिने परिवहन साधन प्राविधिक दृष्टिकोणले उपयूक्त हुनु पर्ने कानूनी व्यवस्था रहेको छ। तर व्यवहारमा पशुको ढुवानी गर्दा परिवहन गर्ने साधनमा कोचाकोच राखिनुको साथै रागाँभैसीलाई विशेषत नाकमा र पुच्छरमा डोरीले बस्न नहुने गरी बाँधी निर्दही रुपमा ढुवानी गर्ने गरेको अवस्था रहेको रिटमा उल्ले छ।
प्रतिक्रिया दिनुहोस्