
कञ्चनपुर, १३ साउन । कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी निर्मलाका आफन्त र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर प्रहरी प्रशासनबीच सहमति त भए तर शव बुझ्न सहमत भए पनि स्थानीयबासिन्दाले त्यसको विरोध गरेका छन् ।
अफन्तले पैसा खाएर लास उठाउन खोजेको आरोप लगाउँदै शव उठाउन अवरोध गरेका हुन् । यसअघि, शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका थिए ।
तर, आइतबार पनि प्रर्दशनमा उत्रिएका स्थानीयबासिन्दाले मृतकका आफन्तलाई शव नउठाउन चेतावनी दिएपछि घटनास्थल तनावग्रस्त बनेको हो ।
प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दाले डीएन परीक्षण र मेडिकल रिपोर्ट माग गरेका छन् । भने आन्दोलन र प्रदर्शनका नाममा तीन दिनसम्म शवलाई अन्तेष्टि गर्न नदिएर लासमाथि राजनीति गर्न खोजिएको मृतकका मामा तीर्थ भण्डारीले गुनासो गर्नुभयो ।
मृतक बालिका निर्मलाको शव गएको शुक्रबार बलात्कार गरी उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो । शवको शुक्रबार बेलुका पोष्टमार्टम गरिएको थियो ।

स्थानीयले बासिन्दाले बालिकाको बलात्कारपछिको हत्याको विरोध गर्दै विभिन्न मागसहित प्रदर्शन गरेपछि निर्मलाको शव अहिले महाकाली अञ्चल अस्पतालको शव गृहमा नै राखिएको छ ।



















प्रतिक्रिया दिनुहोस्