ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीटीईभीटी अन्तर्गत प्रश्न–पत्र आउट भए पछि केन्द्राध्यक्षले मुख खोले


एबीसी न्यूज
श्रावण १३, २०७५ आईतबार  १ : २६ बजे

धनुषां, १३ साउन । गएको शनिवार सीटीईभीटी अन्तर्गत देशैभर वर्गीकृत छात्रवृति परिक्षा भएको थियो । परिक्षा अन्तर्गत एच.ए.को प्रश्न–पत्र जनकपुरको संकटमोचन उच्च माविबाट १ घण्टा २० मिनेटमै सामाजिक सञ्जामा आउट भए पछि यो विषय चर्चामा आएको हो ।

प्रश्न–पत्र आउट भएको परक्षा केन्द्र जनकपुरको संकटमोचन उच्च माविका प्रधानाध्यापक केन्द्राध्यक्ष बलराम साहले परीक्षा शुरु भएको १ घण्टा २० मिनेट पछि एक विद्यार्थीले झुक्याएर एचएको प्रश्न–पत्र आउट गरेको प्रष्ट पार्नु भएको छ ।

निःशुल्क अध्ययनको लागि सिटीईभीटीबाट सञ्चालित वर्गीकृत छात्रवृति परीक्षा शनिवार विहान ७ बजेदेखि सवा ९ बजेसम्म चलेको थियो । परीक्षा शुरु भएको केहि बेरमै जनकपुरको संकटमोचन उच्च मावि परीक्षा केन्द्रबाट समाजिक सञ्जाल मार्फत एचएको प्रश्न–पत्र आउट भएको समाचार परीक्षा चलिरहेकै बेला  अनलाइन सार्वजनिक भएको थियो ।

परीक्षा केन्द्रमा जडान भएको सीसीटीभी क्यामेराको फुटेजमा एक परीक्षार्थी ८ बजेर २० मिनेटमै परीक्षा सकेर प्रश्न–पत्र लिएर बाहिरीदा परीक्षा केन्द्र अगाडि रहेका व्यक्तिहरुले एकआपसमा सेयर गरी समाजिक सञ्जालमा राखेका थिए, केन्द्राध्यक्ष साहले भन्नुभयो ‘पैसाको चलखेल गरी पश्नपत्र आउट गरेर परीक्षार्थीलाई चिट चोरी गराएको हल्ला अफवाह हो । प्रहरीले ती परीक्षार्थीबाट प्रश्नपत्र खोसेका थिए त्यो कुरा फुटेजमा देखिन्छ । विद्यालयलाई बदनाम गराउन खोजेको हो ।’

जनकपुरका केही कोचिंग सेन्टरले निःशुल्क छात्रवृतिमा नाम निकालिदिने भन्दै परीक्षार्थीबाट रकम लिई केन्द्राध्यक्ष समेतलाई प्रभावमा पारी चिट चोराउने गरेका छन् । स्रोतका अनुसार संकटमोचन परीक्षा केन्द्रको कोठा नं। १०८ र १०९ मा रकम दिएका परीक्षार्थीलाई खोजी खोजी मौखिक रुपमा चिट चोरी गराउन सहयोगी नै पुगेका थिए ।

समाजिक सञ्जाल र समाचारहरुमा सार्वजनिक भएको प्रश्नपत्रको नम्बर ती परीक्षार्थीबाट खोसिएकै पश्नपत्रको नम्बरसँग मिलेकाले त्यही प्रश्नपत्र आउट रहेको केन्द्राध्यक्ष साहको तर्क छ ।

उहाँले परीक्षा हल भित्र परीक्षार्थी र गार्डलाई समेत मोबाइल प्रयोग गर्न नदिएकाले समाजिक सञ्जालमार्फत नभई ती निस्केका परीक्षार्थीले नै प्रश्न–पत्र आउट गरेको दाबी गर्नुभयो । परीक्षा शुरु भएको १ घण्टा पश्चात प्रश्नपत्र आउट हुनुलाई आउट भएको भन्न नमिल्ने समेत केन्द्राध्यक्ष साहको जिकिर छ ।

सीटीईभीटीको वर्गीकृत छात्रवृति परीक्षा चार वर्षपछि जनकपुरमा शनिबार भएको थियो । परीक्षाको लागि जनकपुरको ककल भवन कन्या उच्च मावि र संकटमोचन उच्च मावि परीक्षा केन्द्रमा परीक्षा चलेको थियो ।

विगत वर्षहरुमा पनि जनकपुरमा सीटीईभीटी अन्तर्गतका प्रवेश परीक्षाहरुमा रकमको चलखेल गरी प्रश्नपत्र आउट गराउने र चीट चोरी गराउने गतिविधि भएको थियो । गए वर्ष मात्रै जनकपुरको नेपाल टेक्निकल इन्सिटिच्युटमा लाखौं रकमको सेटिंगमा सीटीईभीटी अन्तर्गतको प्रवेश परीक्षामा एचएको प्रश्नपत्र परीक्षा हुनु पूर्व नै आउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com