
काठमाडौं,१० साउन । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई सुरु भएको छ ।
संसदीय सुनुवाई प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भएपछि विस्तृत अध्ययन गरेर संघीय समितिले पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सुनुवाइका लागि बोलाइको हो।
यसअघि बुधबार नै सुनुवाइका लागि बोलाइएका जोशीसँग सोध्न बुधबार समितिले छलफल गरेर २० वटा प्रश्न टुंगो लगाएको समितिका निमित्त सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन्।
प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी विरुद्ध सर्वोच्च अदालतको पाँचवटा उजुरी दर्ता भएका छन्। उनीविरुद्ध उजुरी दिनेहरुलाई मंगलबार छलफलका लागि बोलाइएको पनि समितिले जनाएको छ।
प्रधानन्याधीशका लागि गएको चैत १३ गते न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो।
संवैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाई समितिका पठाएको थियो। संसदीय सुनुवाई समिति निर्माण हुन ढिलाइ भएकाले लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका छन्।
गएको चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत रहँदै आएका छन् ।



















प्रतिक्रिया दिनुहोस्