काठमाडौं, ८ चैत्र । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा यसदिन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० पुगेको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ प ओरालो लागेको छ।
महासंघका अनुसार यसदिन एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबारको तुलनामा चाँदीको मूल्य ४७० रुपैयाँले घटेको हो।








प्रतिक्रिया दिनुहोस्