
काठमाडौं ८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् ।
पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो । फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’
प्रधानमन्त्री ओलीले भने ‘त्यस्तो मिठो पनि हुँदैन।’ विपक्षी कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्