काठमाडौं, ७ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति निषेधित क्षेत्र तोड्न पुगेकोमा प्रधानमन्त्री केपी ओलीले आश्चर्य व्यक्त गरेका छन् ।
नेकपाका संस्थापक नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधाननयायाधीश सुशीला कार्की केही दिनअघि निषेधित क्षेत्र तोड्न पुगेको प्रसंग कोट्याउँदै भने ‘अचम्म लाग्छ एउटा अनसनको मुद्दा बनायो ।
त्यो पनि थाहा छैन होला केसिको कतिऔं अनसन हो भनेर, के मुद्दा, के विषय ? थाहा छैन । तर, त्यहि अनसनको पक्षमा किसिम किसिमका मान्छे सडकमा आएको देखियो, अनौठा दृश्यहरु देखिए । कोही गेरुवस्त्रधारी, कोही ठाडो चन्दन लगाएका पनि गए ।’
सर्वोच्च निकायमा बसेकाहरु नै त्यसरी सडकमा आएर निषेधित क्षेत्र किन तोड्न पाइँदैन ? तोड्नुपर्छ भन्न थाल्नुलाई अराजकताको पराकाष्ठा भएको टिपपणी गरे ।
केही दिनअघि डा.केसीको मुद्धाप्रति ऐक्यवद्धता जनाउँदै पूर्वप्रधानन्यायधीश सुशीला कार्की, मावअधिकारवादी नेता कृष्ण पहाडी लगायत प्रदर्शनमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्