ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलाल ४० औँ स्मृति दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै


bhawani desk
श्रावण ७, २०७५ सोमबार   १२ : ०६   बजे

काठमाडौं,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको गरी मनाइँदैछ ।

संस्थापक नेताको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहितका बामपन्थी दल तथा तिनका भातृ संस्थाले देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

स्मृति दिवसका अबसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंको चम्पादेवीमा पुष्पलालको प्रतिमामा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले पुष्पलालको सपनालाई साकार पार्नका लागी राष्ट्रिय एकताका साथै कम्युनिष्ट शक्तिलाई एकतावद्ध पार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले कम्युनिष्ट र जनतासंगको सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय र जातिय भावनालाई समेट्दै सरकार अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेपाली राजनीतिमा पुष्पलाल श्रेष्ठले प्रतिपादन गर्नभएको दृष्टिकोण केवल पञ्चायती व्यवस्थाको समयमा मात्र नभएर अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाको भनाई छ ।

भारत प्रवासमा रहेका बेला पुष्पलालले २००६ साल वैशाख १० गते आफूसहित निरञ्जन गोविन्द वैद्य, नारायणलिवास जोशी र नरबहादुर कर्माचार्य संस्थापक रहेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । उहालार्ई बाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ ।

पञ्चायतविरुद्धको संघर्षका लागि नेपाली काँग्रेससँग सहकार्य गर्ने नीति अबलम्बन गरेका कारण पुष्पलाललाई केही बामपन्थी दलहरुले नै गद्धारको संज्ञा दिएका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।

पुष्पलालले विसं २००६ सालमा स्थापना गर्नु भएको पार्टी नेकपा विभाजित हुँदै पुनः एक भएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भई नेकपा बनेको छ । नेपालका ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा आएपछि पुष्पलालको नेपालका कम्युनिष्ट पार्टी एक बनाउने सपना पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group