
काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले जनतालाई महंगीको मारबाट जोगाउन तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले जनता महंगीको मारमा परेको उल्लेख गर्दै त्यसबाट जोगाउन तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।
उहाँले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागको सवालमा पनि सरकारलाई गम्भिर हुन सचेत गराउनु भयो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष राणाले गत बिहिबार वरिष्ठ चिकित्सक केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लामा गरिएको प्रहरी हस्तक्षेपप्रति पनि आपत्ति जनाउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले विनायोजना घर, जग्गा, टेलिफोन, इन्टरनेटसगायतका सेवामा मूल्य वृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।



















प्रतिक्रिया दिनुहोस्